अनखबर सल्यान, माघ ८। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सल्यानले ‘गाउँबस्ती भेटौं’ अभियान सुरु गरेको छ ।
जनतासँग प्रत्यक्ष हुने र सरकारी प्रतिवन्धको विषयमा प्रष्ट पार्न भन्दै गाउँबस्ती भेटौँ अभियान सुरु गरेको ने.क.पा. सल्यानले जनाएको छ ।
छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर २ र बनगाड कुपिण्डे नगरपालिका ५ मा अभिनयानको उद्घाटन गरिएको ने.क.पा सल्यानका सेक्रेटरी लोक्पाल केसीले बताए ।
उनले जनतामाझ आफुहरु जाँदा सधै साथ पाएको बताए । आउदो चत्रै मसान्तसम्म यसरी नै जनताको माझमा आफुहरु ‘गाउँबस्ती भेटौं’ अभियान लिएर जाने लोकपालको भनाई छ ।