अनखबर कालिकोट, माघ ९। कालिकोटमा नेपाल कम्युनिष्ट पार्टीले सुरु गरेको अभियानमा जनसहभागिता बढ्दै गएको बताएको छ ।
दिन प्रतिदिन जनताको बढ्दो सहभागिताले अभियान सफल हुँदै गएको ने.क.पा. कालिकोटको विश्वास छ । जनसहभागिता बढ्दै गएपछि प्रतिबन्धलाई चिर्दै ने.क.पा. कालिकोटले हरेक दिन जसो खुल्ला कार्यक्रम गरिरहेको
छ ।
बिहीबार नरहरीनाथ गाउँपालिकाको रुपादेवी आधारभूत बिद्यालयमा जनसभा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सामना परिवारको केन्द्रीय टोली र भेरी-कर्णाली ब्यूरोका कलाकारले जनसांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अथितिका रूपमा जिल्ला ईन्चार्ज विराट थिए ।