अनखबर डेस्क,माघ १०। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आस्थाका बन्दीको रिहाईको माग गर्दै देशका बिभिन्न ठाउँमा जनसभा तथा प्रदर्शनी गरेको छ ।
यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी कालिकोटले माल्कोटको सेरापाटामा आस्थाका बन्दीहरूको फोटो प्रदर्शनीसहित जनसभा गरेको छ । कार्यक्रमलाई जिल्ला इन्चार्ज बिराट र जिल्ला सेक्रेटरी रणदीपले सम्बाेधन गरेका थिए । माल्कोट प्रवक्ता प्रकाण्डको गाउँ हो ।
उनीहरूले सरकारका विरुद्ध देशवासी र राष्ट्रप्रेमी आम नेपालीलाई आफ्नो पार्टीको राष्ट्रीय जनजागरण अभियानमा सहभागी हुन अाग्रह गरे । कार्यक्रममा सरकारले गैरकानुनी हिसाबले गिरफ्तार गरिएका नेता कार्यकर्ताका फाेटा सहित प्रदर्शन गरिएकाे थियो ।
सुर्खेतमा पनि नेपाल कम्युनिष्ट पार्टीले आस्थाका बन्दीहरू रिहाईको माग गर्दै प्रदर्शन गरेका छन् । गृहमन्त्री बादल सुर्खेतमै रहेकाबेला कडा सुरक्षा घेराबीच पनि नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतले राजबन्दीको फोटोसहित प्रदर्शन गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी कैलालीले पनि राजवन्दी रिहाई र एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरेको छ ।