अनखबर सुनसरी,माघ १०। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची कोशी ब्युरो ईन्चार्ज उमा भुजेल शिलु र कार्यालय सचिव सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश धर्मराज पौडेलको एकल इजलासले भुजेल र पौडेललाई १०-१० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

धरौटी रकम बुझाएलगत्तै अदालत परिसरबाटै दुवै जनालाई प्रहरीले पुनः गिरफ्तार गरेको हो । भुजेल र पौडेल गत पुस १२ गते सुनसरीको चक्रघट्टीबाट गिरफ्तारमा परेका थिए ।

दुबैजनालाई झापा लैजाने तयारी गरिएको छ । उनीहरुको बिरुद्ध झापामा अर्को मुद्धा रहेकाले त्यतै पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।