अनखबर डोटी,माघ ११। नेपाल कम्युनिष्ट पार्टी डोटीले प्रहरी अाफ्ना नेता कार्यकर्ताको घर-घरमा गएर त्रसित र भयभित पारिरहेको भन्दै अापत्ति जनाएको छ ।
जिल्ला ईन्चार्ज तर्कराज र सेक्रेटरी कालू पाण्डेले विज्ञप्ति निकाल्दै स्थानीय जनप्रतिनिधिको सुराकीको अाधारमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको घरमा गएर त्रसित बनाएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ- झुटा मुद्दाहरु फिर्ता लिन र जनतालाई त्रसित पार्ने काम नरोकिए यसको जिम्मा जनताका प्रतिनिधिहरु हौं भन्नेहरू र प्रहरी प्रशासन हुनुपर्नेछ ।