अनखबर
माघ ११, बुटवल ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गुल्मी जिल्ला सेक्रेटेरी खिम खड्का लामो समय हिरासत र जेल बसेर केही महिना अगाडीमात्रै निस्केका थिए, युवा नेता समेत रहेका उनी जेलमुक्त भएपनि पार्टीका काममा लागेको भन्दै प्रहरीले पटकपटक उनलाई मानसिक यातना दिने गरेको तथ्य फेला परेको छ । उनले १ महिना भन्दा पछिको घटनालाई फेसबूकमार्फत लेख्दै आफुमाथी भएको अमानवीय व्यबहार र त्यसले निम्त्याएको अप्रत्याशीत दुर्घटनालाई लिएर खेद प्रकट गर्दै आफू बसेको घरको पारिवारलाई समेत मानसिक तनाव दिएको र आफुसग भएको १० हजार रुपैयाँ लुटेको भन्दै उनले आक्रोशपुर्ण टिप्पणी फेसबूकमा लेखेका छ्न ।


यस्तो छ उनको लेख:
“०७६ पौष ४ गते बिहान १:३० को मध्य रातमा मदाने गाउँ पालिकाको एक बस्तिमा बाँस बसिरहेको अवस्थामा म बसेको घरमा जिल्ला प्रहरी कार्यलय गुल्मी र इलाका प्रहरी कार्यालय पुर्कोटको  संयुक्त टोलिले घर घेरा हाली छापा मार्ने क्रममा उक्त घेरा तोडि भाग्ने क्रममा घर मुनिको भुगोलमा हाम फाल्दा मध्य रातमा भूगोलको राम्रोसँग ज्ञान नहुदा एकैपटक करिब ५०,६० हात तल पुग्न गइ देब्रे खुट्टाको घुडा र तल गोलीगाँठो नेर फ्याक्चर हुन पुग्यो र उक्त समयमा म भुइँमा लडिरहेको अवस्थामा माथिबाट पुलिसहरुले ढुङ्गा बर्साइरहेको हुँदा उक्त ढुङ्गाबाट बच्न भाचिएको खुट्टा लिइ दौडिदै र घिर्सिदै करिब ३ सय मिटर तल पुगेर गिरफ्तार हुनबाट त बचियो तर खुट्टामा थप क्षति हुन पुग्यो । पौष महिनाको मध्य रातको चिसोमा भाचिएको खुट्टा लिइ करिब ४ घण्टा  उक्त खरबारीमा बिताइ बिहानको ५:३० तिर मेरा आफन्त र दाइहरु आइ त्यहाबाट नजिकैको घरमा लागि सुरक्षित गर्नुभयो र त्यस दिन दिनभर त्यही घरमा बसि रातको ८ बजेतिर आफन्त र सुभचिन्तकहरुले स्ट्रेचरमा बोकि रिजर्भ गरेको गाडी सम्म पुर्याउनु भयो । ५ गते बिहान २ बजेतिर बुटवल पुगि पार्टीका साथीहरूको सहयोगमा एक अस्पतालमा भर्ना भइयो र सबै जाच गरेपछि खुट्टामा बढी नै क्षति र नसामा समेत चोट पुगेको भन्ने रिपोर्ट अस्पतालले दिनुको साथै यहाँ उपचार सम्भब नभएकोले तुरुन्त अगाडि बढी नजिकैको अस्पताल चितवन लैजान  सल्लाह दियो । उक्त सल्लाह अनुसार अगाडि बढी करिब ३५ दिन देखि अस्पतालको बेडमा पल्टिरहेको छु । त्यस दिन देखि आजसम्म निरन्तर रुपमा मेरा उपचारमा संलग्न डाक्टरहरु,अन्य स्टापहरु, हरपल मेरो हेरचाहमा खट्नुहुने आफन्तहरु, साथिहरु र उपचारको निम्ति पहल गरिरहने  नेपाल कम्युनिस्ट पार्टी लगायत सबैमा हृदय देखि नै कृतज्ञता ज्ञापन तथा धन्यवाद प्रकट गर्न चाहन्छु ।। साथै मलाई पक्राउ गर्न नसकेपछि न्युनतम मानवअधिकारको समेत खिल्ली उडाउदै म बसेको घरको अंकललाई हातपात गर्नुको साथै मेरा कपडा र ज्याकेटको खल्तीमा भएको १० हजार रुपैया समेत  लुटेर लैजाने पुलिस प्रती खेद प्रकट गर्न चाहन्छु ।”