अनखबर माघ ११, पाल्पा। युवा संगठन नेपाल पाल्पाको चौंथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले लिला सारु मगरको अध्यक्षतामा ११ सदस्यीय पाल्ला जिल्ला समिति चयन गरेको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी पाल्पाका जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहले अमेरीकी परियोजना एमसीसी नरोके दलालहरुका ओछ्यानमा वम पड्किने चेतावनी दिएका छन्। सिंहले नेपाललाइ अनन्त अस्थिर युद्धको भुमरीमा पार्ने नियतका साथ आउन खोजेको एमसीसीलाई कुनै पनि हालतम स्वीकार गर्न नहुने तर्क गरेका छन् ।
सिंहले एमसिसी नेपाली जनताले स्वीकार नगरेको भन्दै यदि पास गरे दलाल पार्टीका सबै तहका तहका दलालहरुलाइ निशाना बनाउने उद्द्घोष गरेका छन्।
सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै युवा संगठनका महासचिव सागर पुनले मुलुकमा देखिएको तमाम बिकृती बिसंगतिको अन्त्य गर्दै बैज्ञानिक समाजवादी ब्यवस्था स्थापना गर्न युवाहरु लाग्नु पर्ने धारणा राखेका थिए ।
जिल्ला सदमुकामको तानसेन नगरपालिका भित्रै भएको कार्यक्रममा अखिल क्रान्तिकारीका लुम्बिनी संयोजक बिरेन्द्र बिक, युवाका ब्युरो संयोजक बिश्लेषण, बिद्यार्थी नेतृ शारदा भण्डारीको बिशेष उपस्थिति रहेको थियो ।