अनखबर माघ १२, कैलाली। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले कैलालीको धनगढीमा प्रदर्शन गरेको छ ।

शिक्षा र स्वास्थ्यमाथि गरिएको व्यापारिकरण, भ्रष्टाचारीकरण र माफियाकरण भन्दै प्रदर्शन गरेको हो । धनगढीमा भएको प्रदर्शनमा सयौं विद्यार्थी सहभागितामा सुरु भएको बिरोध र्याली कोण सभामा परिणत भएको थियो।

कोण सभालाई संगठनका जिल्ला सचिव महेश पातलीले सञ्चालन गरेका थिए भने संगठनका केन्द्रीय सदस्य बबरजङ्ग सिंह लगायतका नेताहरुले सम्बोधन गरेका थिए । बिरोध कार्यक्रममा पार्टीका जिल्लास्तरीय नेताहरुको समेत सहभागि रहेको थियो।