अनखबर माघ १२, कालीकोट। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालीकोटमा एमसीसी विरूद्ध जनप्रदर्शन गरेको छ ।
नरहरिनाथ, लालुमा भएको जनपर्दशनपछि अायोजित सभालाई जिल्ला ईन्चार्ज बिराट र सेक्रेटरी क रणदिप ले सम्बोधन गरेका थिए । उनीहरूले सम्बोधनका क्रममा राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गरिए दलाल हरुको सिरानीमा बम विस्फोट गरादिने चेतावनी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कालिकोटका ईन्चार्ज बिराटले राष्ट्रघातिहरु शिर ठाडो गरेर हिड्ने र राष्ट्रबादीहरु लुक्ने स्थीतीको अन्त्य एकीकृत जनक्रन्तीले मात्र गर्ने उल्लेख गरे । उनले राष्ट्रियताका लागि सबै नेपालीहरुले अाफ्नो पार्टीलाई सहयोग गर्नु पर्ने बेला अाएको धारणा ब्यक्त गरे ।
जिल्ला सेक्रेटरी रणदिपले एमसीसी सम्झौता गरेर नेपालको शुरक्षा निकायको ठूलो अपमान हुनेगरि अमेरीकी सेनाको क्याम्प राख्ने रणनीतिका बिरुद्द मर्न तयार हुने तर एमसीसी पारित गर्न नदिने दाबी गरे ।
जनसभामा केन्द्रीय सामना परिवार र ब्युरो कलाकारले कार्यक्रम प्रस्तुत गरेका थिए ।