अनखबर माघ १३, नवलपुर। पूर्वी नवलपुरकाे    कावासोती १७ बभनाैलीमा रहेकाे एनसेएल टावरमा आइतबार राति करिव १० बजे आगजनी भएकाे छ ।

राति करिब १० बजे तिर ४/५ जनाकाे समुहमा आएको समुहले आगजनी गरेकाे प्रत्यक्ष दर्शीले बताएका छन् । टावरमा आगजनी भएकाे खवर पाएर पुगेकाे प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएका थिए । रातिकाे समय भएकाले टावरमा के कति क्षति भयाे भन्ने एकिन भने हुन सकेकाे छैन ।


पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ९ बगनासमा रहेको एनसेल टावरमा आगजनी भएको छ ।
यस्तै आईतबार बेलुकी ९ः४५ को समयमा नै बगनासको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताउनुभयो ।
आगजनीका कारण टावर पुर्ण रुपमा जलेर ध्वस्त भएको प्रहरी प्रमुख जिसीले जानकारी दिनुभयो । आगजनीको कारण टावरको जेनेरेटर,विटिएस सिस्टम,जिएसएम एन्टेना,ब्याट्री प्यानल,मिटर बक्स सहित तार पुर्णरुपमा जलेको छ ।

घटना विप्लव नेतृत्वको माओवादीले गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनाको बारेमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।

एनसेलमा कर नतिरेको भन्दै यस अगाडी  पनि पटकपटक आक्रमण हुँदै आएको छ  ।