अनखबर माघ १३, रूपन्देही। मध्यरातमा लुम्बिनीका धेरै जिल्लाहरुमा एनसेलका टावरमा आगजनी भएको समाचार अनखबरलाई प्राप्त भएको छ ।


प्राप्त स्रोतका अनुसार साविक लुम्बिनी अञ्चलका कपिलवस्तुस्थित बाणगंगा नगरपालिका १० मेचकुरि,रुपन्देही जिल्लाको शुद्धोधन गाउपालिका सिसईमा रहेको टावर, त्यस्तै अर्घाखाँची नगरपालिकाको जुकेना,गुल्मीको धुर्कोट गाउपालिकास्थित कोट, नवलपरासी जिल्लाको पाल्ही गाउपालिकास्थित रहेको टावर, पाल्पाको बगनासकाली गाउँपालिका ९ बगनास डाडा,नवलपुर जिल्लाको कावासोति १७ बगनौलि र बुङ्दिकालि गाउँपालिकाको रपुवामा एनसेलका टावरहरुमा आगजनी भैइ ध्वस्त भएका छन ।


आगजनीको कारण टावरको जेनेरेटर,विटिएस सिस्टम,जिएसएम एन्टेना,ब्याट्री प्यानल,मिटर बक्स सहित तार पुर्णरुपमा जलेका छन, घटना विप्लब नेतृत्वको नेकपाले गरेको  हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

घटनाको बारेमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ । एनसेलमा कर नतिरेको भन्दै यस अगाडी  पनि पटकपटक आक्रमण हुँदै आएको छ  ।