अनखबर /गुल्मी
गुल्मी जिल्लामा विप्लव नेकपाका कार्यकर्ता भनी गिरफ्तार गरिएका गोविन्द विक आफ्नो पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको नेकपा गुल्मी नेकपाले स्पष्ट पारेको छ ।
गयराती आफ्नै कामको शिलशिलामा तम्घासमा जाँदै गर्दा बाटोमा गिरफ्तार भएका उनलाई पार्टीको कुनै जिम्मेवारी नरहेको जिल्ला इन्चार्ज सामनाले एक विज्ञप्ति जारी गर्दै बताईन । सामनाद्वारा जारी विग्यप्तिमा भनिएको छ, “विगतमा हाम्रो पार्टीप्रति आस्थावान भएपनि हाल कुनै पनि जिम्मेवारीमा
नरहेका गुल्मी मुसिकोट नगरपालिकाका गोविन्द वि.क.लाई व्यक्तीगत कामको लागी तम्घास जादैँ गर्दा नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै प्रहरीले गिरफ्तार गरेको छ , उहाँ हाम्रो पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको प्रष्ट पार्दै, पार्टीमा आस्था राखेकै भरमा नेता कार्यकर्ता गिरफ्तार नगर्न प्रशासनलाई चेतावनी सहित पक्राउ गरिएका निज गोविन्द वि.क.लाई विनासर्त तत्काल रिहा गर्न समेत अपिल गर्दछौं ।”