अनखबर माघ १४, गुल्मी। एकमहिनाभन्दा अगाडीदेखि अस्पतालको बेडमा उपचाररत नेपाल कम्युनिस्ट पार्टी गुल्मीका सेक्रेटेरी खिम खड्काले जिल्लाका सिडियो कोशहरी निरौलालाई मार्मिक सन्देश पठाएका छन । महिनाअघि प्रहरीले गिरफ्तार गर्न घर घेरा हालेको अबस्थामा घेरा तोडि भाग्ने क्रममा खुट्टा भाचिएर घाईते बनेका उनी अस्पतालको बेडमा छन । उनले सामाजिक संजाल फेसबूकमा सिडियोलाई सम्बोधन गर्दै लेखेका छन :-
गुल्मी जिल्लाका -सिडियो कोशहरी निरौला सर,
म हजुरलाई राम्रोसँग चिन्दिन र हजुर पनि मलाई राम्रोसँग चिन्नुहुन्न किनकि तपाई गुल्मी आएकै २,३ महिना मात्र भएछ र त्यस यता तपाईंको र मेरो भेटघाट र कुनै सम्पर्क पनि भएन र हुन आवश्यक पनि थिएन । तर सिडियो साब तपाईंको बारेमा हाम्रो पार्टीमा छलफल नहुने र मेरो र हाम्रो पार्टीको बारेमा तपाईलाई विभिन्न माध्यम बाट ब्रिफिङ र जानकारी नआउने कुरै भएन । तपाई गुल्मी आए देखि नै तपाईंको पहिलो मिसन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माथी दमन गर्नु र उसका नेता, कार्यकर्ता र सुभचिन्तकलाइ गिरफ्तार गर्नु र दुख दिनु भयो त्यसैको परिणाम स्वरुप जिल्लामा करिब २ महिना अगाडि देखि पटक पटक हाम्रो पार्टीको नेता,कार्यकर्ता र सुभचिन्तक जनताको घरमा मध्य रातमा छापा हान्ने, परिवारलाई दुख दिने, जिल्लामा व्यापक घुमुवा पुलिस परिचालन गर्ने र गस्ती बढाउने लगायतका हर्कत गर्दै आउनुभयो र पछिल्लो समय हाम्रो पार्टीको ब्युरो कार्यलयको विश्लेषणमा लुम्बिनी ब्युरोमै १ नम्बर दमनकारी सिडियोको रुपमा दर्ज हुन पनि सफल पनि हुनुभयो । यद्यपि तपाई सोचेजस्तो सफल भने हुन सक्नुभएन ।
सिडियो साब म गुल्मी जिल्लाको सेक्रेटरी भएकै कारण ४ महिना भन्दा लामो समय हिरासत बसाइ पश्चात गत असारमा सर्बोच्चको तेस्रो पटकको आदेशमा रिहाइ भएको र त्यस यता पार्टीको योजनामा सान्तिपुर्ण तरिकाले पार्टीका गतिविधि र कार्यक्रम बाहेक जिल्लामा तपाईंको भाषामा भन्दा कुनै प्रकारका विधंसात्मक गतिविधि भएका थिएनन् तै पनि तपाई नाङ्गो रुपमा पार्टीको दमनमा उत्रनुभयो त्यसको परिणाम स्वरूप यहि पौष ४ गते बिहान १:३० को समयमा म बसेको घरमा छापा हानियो । पुलिसहरुको घेरा तोड्ने क्रममा मध्य रातमा भूगोलको सहि पहिचान नहुदा भिरबाट तल खस्दा मेरो बाया खुट्टा भाचिन पुग्यो र भाचिएको खुट्टा लिएर अगाडि बढ्न खोज्दा माथिबाट म माथी ढुङ्गा बर्साइयो र तपाईंको पुलिसको ढुङ्गाबाट र गिरफ्तार हुनबाट बच्न म त्यही २ ठाउबाट भाचिएको खुट्टा लिएर करिब २ सय मिटर तल पुगेछु र पौष महिनाको मध्य रातको चिसोमा करिब ४ घण्टा त्यही भिरमा बसि बिहान ५:३० तिर उद्दार गरेर जनताले मलाई सुरक्षित गरे र पार्टी र जनताको पहलमा अस्पताल सम्म पुर्याए त्यस दिन देखि आजसम्म निरन्तर अस्पताल उपचाररत छु । यदि त्यस दिन गिरफ्तार परेको भए विभिन्न झुठो मुद्दामा आज अस्पतालको साटो तपाईंको हिरासतमा शारीरिक र मानसिक तनाव लिएर बसिरहेको हुन्थे होला ।
सिडियो साब सत्ताको भन्दा फरक राजनैतिक विचार र आस्था राखेकै आधारमा म माथी जो अपराधीलाई जस्तै घृणित व्यबहार गरियो यो भन्दा पनि तल गिरेर न्युनतम मानवअधिकारको समेत खिल्ली उडाउदै तपाईंको पुलिसले मलाई गिरफ्तार गर्न असफल भएपछि मलाई किन बस्न दिएको भनेर ८७ बर्षको बुढी आमालाइ टर्चर दिनुको साथै त्यो घरको अङकललाई समेत कुटपिट गरेछ । जुन घटना मैले अर्को दिन बिहान थाहा पाउँदा मेरा आँखा रसाएका थिय ।
हाम्रो पार्टी संचालन गर्नको निम्ति उद्योगी,ब्यापारी,ठेकेदार र सरकारी कार्यालयहरुमा स्वोइच्छिक सहयोग माग्दा चंदा आतंकको परिभाषा गर्ने तपाई त्यस दिन तपाईंको पुलिसले मेरो प्वाइन्ट,मोजा,बेल्ट,चार्जर,ज्याकेट र ज्याकेटको खल्तीमा भएको रु १० हजार लुटेर लगेका थिए त्यो सामान र पैसा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुभयो वा त्यसमा पनि घोटाला भयो । अर्को कुरा आज हाम्रो पार्टीले २,४ हजार सहयोग माग्दा जिल्लाका केही भ्रष्ट र फटाहाको आदेश र सल्लाहमा न्वारान देखिको बल लगाएर दमन गर्न आउने तपाई आज गुल्मी जिल्लाका स्थानीय तहमा बेरुजुको नाममा करोडौं रुपैया जनताको पैसा भ्रष्टाचार भएको छ, ठेक्का-पट्टाको नाममा करडौ रकम हिनमिना भएको छ, केही कर्मचारीको छोटो समयमा करडौको सम्पत्ति थुप्रिएको छ, एनजीओ, आइएनजिओ र उपभोक्ता समितिको नाममा लुट भएको छ, लघुबित्त सस्थाको नाममा जनता ठगिएका छन, बिषाधीयुक्त रक्सीले जनताको जीवन बिजोक छ, प्राकृतिक स्रोत र साधनको दोहन भैरहेको छ तपाईंको ध्यान यता किन पुग्दैन । कि तिनीहरु तपाई भन्दा शक्तिशाली छन ? के तिनीहरुको विरुद्धमा अगाडि बढ्दा तपाईको कुर्सीलाई धक्का पुग्छ ? के तपाईंको पनि मिलेमतो छ ? होइन भने जिल्लाका ती बिकृती र जनबिरोधी कार्यको विरुद्धमा कदम चाल्न कसले रोकेको छ । केही समय विप्लवका कार्यकर्ताको पछाडी नलागेर ती बिकृती नियन्त्रण गर्न लाग्नुहोस अनि सबै जनताले तपाईलाई स्वाबासी दिनेछ्न अन्यथा सुसासन भनेर खोक्नु र अनावश्यक हर्कत गर्नुको कुनै तुक छैन ।
अन्त्यमा; सिडियो साब, मैले जिबन र समाजको बारेमा राम्रोसँग सङ्ग अध्ययन गरेको छु । किन कि म अङ्ग्रेजीमा ब्याचुलर र समाजशास्त्रमा मास्टर डिग्रीको विद्यार्थी र केही बर्ष पत्रकारितामा लागेको एउटा मार्क्सवादी बिचार र आदर्श बाट प्रभावित ब्याक्ती हु । मान्छेको जन्म निस्चित छैन तर मृत्यु अवस्यभावी छ । त्यसैले मलाई हाम्रो पार्टीको श्रदेय महासचिव विप्लवले एउटा भाषणमा भनेको भनाइ याद आयो उहाले भन्नुभएको थियो- कसैको दास भएर बाच्नुभन्दा, कसैको भारु र डलरमा जिउनु भन्दा,अरुको अगाडि नाग रगडेर आत्मसम्मान गुमाएर निरीह जीवन जिउनुभन्दा बलिदान गर्नु महान कार्य हो । त्यसैले यो देशको अवस्था हेर्दा चुप लागेर बस्न मलाई मेरो स्वाभिमानले दिएन त्यसैले वैज्ञानिक समाजवादको प्राप्तिको निम्ति एकीकृत जनक्रान्तीको बाटोमा लागे । सिडियो साब- जबसम्म यो देशमा भ्रष्टाचार रोकिदैन, वैदेशिक हस्तक्षेप रोकिदैन, दलाल पुजिवादको अन्त हुदैन, राष्ट्रियताको जगेर्ना हुदैन, देशमा रोजगार नपाएर वैदेशिक रोजगारमा गएका दैनिक आधा दर्जन युवाहरुको लास रातो बाकसमा आउने क्रम रोकिदैन, आम गरिब र श्रमजीवी बर्गर्को शिक्षा र स्वास्थमा समान पहुँच हुदैन, आम नेपाली उपचार नपाएर, दुई गाँस खान नपाएर र एक सरो लाउन नपाएर मर्ने अवस्थाको अन्त हुदैन तबसम्म म यसको विरुद्धमा बोलिरहने छु र आम देशभक्तहरु बोलिरहने छन । के यो तपाईंको हितमा छैन ? के यो गिरफ्तार गर्न जाने र म माथी ढुङ्गा बर्साउने पुलिसको हितमा छैन ? के यो नेपाल र आम नेपालीको हितमा छैन ? त्यसैले सिडियो साब मैले यति भन्दा तपाईले विवेकको ख्याल नगरी माथिका शासकको आदेस भन्दै जिल्लाका भ्रष्ट र फटाहाहरुको इशारामा मलाइ गिरफ्तार गर्न आउनुहुन्छ र मेरा गिरफ्तारीले तपाईंको अभिष्ट पूरा हुन्छ भने आउनुहोस् म अस्पतालको बेडमा छु र हिड्न नसक्ने अवस्थामा पल्टिरहेको छु महिनौ मेरो हालत यस्तै हुनेछ तपाई मन लागेको बेला मलाई गिरफ्तार गर्न सक्नु हुनेछ तर सिडियो साब के गर्ने २,४ सय योद्धा सहिद हुदैमा, २,४ हजार मानिस गिरफ्तार पर्दैमा, जनताका आन्दोलन समाप्त हुने भए आजसम्म दुनियाका कुनै पनि आन्दोलन सफल हुने थिएनन् । मलाई इतिहासले पढाएको पाठ यहि हो ” इतिहासका वास्तविक निर्माता जनता हुन शासक होइनन् ” सबैलाई चेतना भया ।।।