अनखबर माघ १४,रुकुम पश्चिम। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिमले गैरसरकारी संस्थाका कार्यालय,एनसेल र जनप्रतिनिधिको कार्यालय हटाउन चेतावनी दिएको छ ।

जिल्ला एनसेल टावरमा भएको अाक्रमण को जिम्मा लिदै नेकपाले जनविरोधी काम गरेको भन्दै वित्तीय संस्था देखि जनप्रतिनिधिको कार्यालय सम्म व्यक्तिको घरमा राख्न नदिन सचेत गराएको छ ।

जिल्ला सेक्रेटरी मन्जित कामीले निकालेको विज्ञप्तिमा भनिएको छ,‘अाजैका दिनदेखि जनतामारा वित्तीय संस्था, एनसेल कार्यलय,एनजीअो अाईएनजीअो र जनप्रतिनिधिको कार्यालय व्यक्तिको घरमा नराख्न सुचित गरिन्छ, कसैले अटेरी गरे स्वयम् जिम्मेवार हुने छ।‘