अनखबर माघ १५, रूपन्देही। नेपाल घरबहाल सरोकार संघ सैनामैना को अध्यक्षमा युवा व्यवसायी नारायण अाचार्य चयन भएका छन् । जसको उपाध्यक्षमा गोबिन्द खरेल,सचिब नारायण भुसाल,कोषाध्यक्ष बिस्नु सापकोटा निर्वाचित भएका हुन ।
यस्तै कार्यसमितिमा केशब तिमिल्सिना,विकास घिमिरे,महेश वाग्ले,शंकर न्यौपाने लगायत छन् । कार्यक्रममा निर्वाचित समितिलाई संघका जिल्ला अध्यक्ष खगेन्द्र घिमिरेले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

नवनिर्वाचित समितिले सल्लाहकार समिति साथै नगर भित्रका विभिन्न वडामा घरबहाल संग समन्धित विभिन्न मुद्दा मामिलामा छलफल तथा सहजीकरण गर्ने निर्णय गरेको छ ।