एजेन्सी माघ १६,। भारतका वामपन्थी नेता तथा जेएनयूका पूर्वअध्यक्ष कन्हैया कुमारलाई प्रहरीले गिरफ्तार गरेको छ ।
बिहीबार कन्हैया कुमारलाई गिरफ्तार गरेर प्रहरीले चम्परणस्थित हिरासतमा राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आफ्ना समर्थकहरुकासाथ गान्धी स्मारक संग्रहालय गइरहँदा कन्हैयालाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ ।
कन्हैयाले ट्वीट गर्दै अाफू गिरफ्तार परेको जनाएका छन् । मार्फत यसबारे जानकारी दिएका छन् । उनले यसअघि भारतको नागरिकता संशोधन कानुनको विरोध गर्दैआएका थिए ।
जेएनयूमा छँदा उनीमाथि देशद्रोहको मुद्दा समेत लगाइएको थियो ।
हिरासतमा लगिएपछि कन्हैयाले भनेका छन्, ‘अब त देशमा र्याली गर्न पनि अनुमति लिनुपर्छ । जसरी सरकारले विना जानकारी हिजो राति क्यान्सिल गरिदियो । अब स्वास लिन पनि अनुमति लिनुपर्ला । प्रहरीले भनिरहेको छ कि, हामीले हिरासतमा लियौँ भनेर । हामीसँग चाहिँ नागरिकता सावित गर्ने कागज मागिएको थियो । प्रहरी भने मलाई हिरासतमा राख्ने कागज देखाउन तयार छैन ।’
कन्हैया भारतको विवादित नागरिकता कानुनको विरोध गर्दै एक महिने विरोध यात्रा गर्ने तयारीमा थिए । उक्त यात्रामा ५० वटा आमसभा गर्ने तालिका थियो । तर भाषणवाजको रुपमा चिनिएका युवा नेता कन्हैया कुमारलाई उक्त विरोध यात्रा गर्नुअघि नै प्रहरीले पक्राउ गरेको हो ।