अनखबर माघ १६, पाल्पा। विप्लव नेतृत्वको नेपाल कम्युनिष्टले पार्टी पाल्पाले सहिद दिवसको अवसरमा राणाशासन विरुद्धको सङ्घर्षको क्रममा सहादत प्राप्त गरेका चार जना सहिदहरुको स्मरणमा कोणसभा गरेको छ ।

पाल्पाको एक ग्रामिण वस्तीमा आयोजना गरिएको सभामा जिल्ला इन्चार्ज प्रविणले सहिदहरुको करङमा चढेर सत्तामा पुगेका दलालहरुले सहिदहरुको सपनालाई धोका दिएको   बताए ।
नेता प्रविनले नेपालको हरेक दशकमा भएको क्रान्ति वा आन्दोलनमा हज्जारौं योद्धाहरुले बलिदान दिएपनि ती सहिद योद्धाहरुको सपना पुरा नभएको भन्दै त्यसका लागी क्रान्ति जारी रहेको बताए ।
उनले दलाल संसदीय व्यवस्थाबाट सहिदको सपना पुरा हुन सम्भव नहुने भन्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । उनले इण्डोप्यासिफिक रणनीति अन्तर्गत एमसीसीको बहानामा नेपालमा सैन्य अखडा स्थापना गर्ने उत्तरसाम्राज्यवादीहरुको सपना पुरा हुन कुनै हालतमा नदिने समेत बताए ।