अनखबर माघ १६, कालीकोट। नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चा कालीकोटको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
संगठनका अध्यक्ष सर्पलाल बि. क. को अध्यक्षता र जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यतामा राष्कोट नगरपालिकामा बैठक सम्पन्न भएको हो।
बैठकले कालिकोट जिल्लामा अझैपनी कायम रहेको जातीय छुवाछुत र दलित समुदायको नाममा अाएको रकममा ब्रमलुट गर्नेका बिरुद्द संघर्ष केन्द्रित गर्ने निर्णय गरेको छ । बैठकले एक महिने संगठन सुदृढ अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।