अनखबर माघ १६, काठमाडौं।पुर्पक्षका लागि नक्खु कारागारमा रहेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामासहित चार नेतालाई रिहा गर्न अदालतले आदेश गरेको छ ।

पाटन उच्च अदालतले केन्द्रीय सदस्य लामासँगै नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, नेतृ धिरेन्द्रा उपाध्यय र इश्वर परियारलाई रिहा गर्न आदेश गरेको हो ।

ललितपुर जिल्ला अदालतले एनसेलमा विस्फोट गराएको घटनामा र राज्य विरुद्धको अपराधको आरोपमा पुर्पक्षामा पठाउने जिल्ला अदालत ललितपुरको आदेश बदर गर्दै
उच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।
मुख्य न्यायाधीश नहकुल सुवेदी र न्येायाधीश श्रीकान्त पौडेलको इजलासले विहीबार चारै नेता निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको छ ।

उनीहरुलाई विभिन्न समयमा प्रहरीले गिरफ्तार गरेको थियो । ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि भन्दै नख्खु कारागारा चलान गरेको थियो ।