अनखबर माघ १६, दैलेख।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दैलेखले सहिद दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरेको छ ।
आठबिसकोट नगरपालिका वडा नं ६ मा सहिद दिवस कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्रले निरङ्कुश राणा शासनका बिरुद आफ्नो अमूल्य जीवनको बलिदान गर्ने शहिद दशरथ चन्द, धर्मभक्त माथेमा,गंगालाल श्रेष्ठ लगायत महान जनयुद्ध, एेतिहासिक जनआन्दोलन, एकिकृत जनक्रान्तिका शहिदहरुको सपना पुरा नभएको उल्लेख गरे ।
अहिलको ब्यबस्थाको ठाउँमा सबै जनतालाई मान्ने हुने समाजवादी ब्यबस्थाले मात्र सहिदहरुको सपना पुरा हुने दाबी गरे। कार्यक्रममा भरखरै हिरासतमुक्त भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सूर्यलाई अभिनन्दन गरिएको थियो।
कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी दैलेख संयोजक कमरेड प्रवित्रा पनि उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता संकेत शाही र सञ्चालन सुदर्शनले गरेका थिए ।