कृष्ण पाण्डे ,बुटवल
पाणिनी ग्रु्प अफ हस्पिटालिटीको सहकार्यमा बुटवलमा टिम कन्सल्टेन्सी शाखा सुभारम्भ गरिएको छ । सरस्वती पुजाको अवसरमा बुटवलमा क्लेरा ईन्टरनेशल एकेडमीको शुभारम्भ र टिम कन्सल्टेन्सी बुटवलमा शाखा विस्तार गरिएको हो ।


टिम कन्सल्टेन्सी बुटवलका निर्देशक, क्लेरा ईन्टरनेशनल बुटवलका चियरपर्सन तथा पाणिनी कलेज अफ हस्पिटालिटीका चियरपर्सन गोपाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यरू रामजी प्रसाद घिमिरे र जाल्पा भुसालले दुई वटा एडकेमीको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले सिकेको सिप व्यवहारमा उतार्नको लागि आग्रह गर्दै विभिन्न कारणले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीकाे लागि अभिभावकत्व प्रदान गर्न याे संस्था अगाडि बढने कुरामा अाफु अासावादि रहेको विचार ब्यक्त गरेका थिए। त्यस्तै सांसद जाल्पा भुसालले कुनै पनि सिप विदेशमा गएर सिकेर पुनः स्वदेशमा आई त्यसको सदुपयोग गर्न समेत उपस्थित सम्पूर्णमा आग्रह गरिन ।
कार्यक्रममा टिम कन्सल्टेनीका नेपाल प्रमुख विनोद कुमार सुवेदीको विशिष्ठ आतिथ्यता रहेको थियो । उनलेे नेपालबाट विभिन्न देशमा अध्ययन तथा कामको लागि जाने युवायुवतीको लागि सीप सिकाउनुकाे साथै अभिभावकत्व प्रदान गर्न याे संस्था सक्षम रहेको हुदा एकपटक संस्थामा पाल्नकाे लागि सम्पूर्णमा अनुरोध गरेका थिए।त्यस्तै समृद्धि फाईनान्स बुटवलका प्रमुख विष्णु प्रसाद रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साथै पाणिनी गु्प अफ हस्पिटालिटीको प्रथम बार्षिक उत्सवको अवसरमार मानव सेवा आश्रम बुटवलका रहेका असाहाय, अनाथहरुलाई खाना समेत खुवाईएको थियो ।