अनखबर माघ १८, दैलेख। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दलेखले महङ्गी बिरुद्द प्रदर्शन गरेको छ।
केन्द्रीय कार्यक्रम अनुसार आठबिस नगरपालिकाको सिहासैनमा प्रदर्शन गरिएको ने.क.पा. दैलेखले जनाएको
छ ।
विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्रले वर्तमान सरकारले देशमा भ्रष्टाचार रोक्न नसकेको र राष्ट्रघाती र जनघाति काम गरेको बताए ।
अहिलेको सरकार दलालहरुको सरकार भएको अारोप लगाउदै सम्पूर्ण जनता एकजुट भएर लड्नुपर्नेमा जोड दिए । ईन्चार्ज दिपेन्द्रले राज्य व्यवस्था परिवर्तन गर्न आफूहरु लागेको र आफ्नो संघर्ष सेना ,प्रहरी, कुनै पार्टी बिरुद्ध नभएको बताए ।