अनखबर माघ १८, काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले पार्टीको बिचार, मूल्य, मान्यताबाट बिचलित र पार्टी विरुद्ध सुराकी गर्नेहरुसंग सचेत रहन आग्रह गरेको छ ।
संगठनले नक्कली फेसबुक लगायत सामाजिक सञ्जालबाट पार्टी र नेतृत्व विरुद्ध योजनावद्ध रुपले षड्यन्त्र र प्रचार गरिरहेको भन्दै सचेत रहन अाग्रह गरेकाे
हो ।
अध्यक्ष चीरन्जीवी ढकालले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्,’पार्टीको बिचार, मूल्य, मान्यताबाट बिचलित र पार्टी विरुद्ध सुराकी गर्नेहरु केहीले नक्कली फेसबुक लगायत सामाजिक सञ्जालबाट पार्टी र नेतृत्व विरुद्ध योजनावद्ध रुपले षड्यन्त्र गरिरहेको भन्दै ओली सरकारका एजेण्टहरुलाई आन्दोलनले उचित समयमा उचित जवाफ दिने छ ।’