अनखबर माघ १९, काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामासहित ४ नेताहरु रिहा लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

उच्च अदालत पाटनले रिहा र्न आदेश दिएपछि सबैलाई अाईतबार अदालतमा उपस्थित गराइएको थियो । तर, अदालतबाट रिहा भए लगत्तै  लामासहित ने.क.पा. केन्द्रीय सदस्य नविन विश्वकर्मा, तत्कालिन काठमाडाैं सेक्रेटरी धिरेन्द्रा उपाध्याय र इश्वर परियारलाई अदालतको गेटबाटै गिरफ्तार गरिएको हो ।
लामासहितका ४ नेतालाई  थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले गत बिहिबार रिहा गर्न आदेश दिएको थियो ।
ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालयमा भएको बम विस्फोटको घटनामा  र  राज्य विरुद्धको अपराधमा संलग्न रहेको भन्दै उनीहरुलाई पुर्पक्षामा पठाउने फैसला गरेको थियो । तर जिल्ला अदालतको  आदेशलाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको हो ।  ललितपुर जिल्ला अदालतको अादेश पछि पुर्पक्षाको लागि चारैजनालाई नख्खु कारागारा चलान गरिएको थियो ।