अनखबर माघ २०, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माईला लामासहित तीन नेतालाई सुनसरी लगिएको छ ।

केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इन्चार्ज माइला लामा, नविन विश्वकर्मा र नेतृ धिरेन्द्रा उपाध्यालाई प्रहरीले काठमाडौँबाट सुनसरी लगेको छ । उनीहरूलाई काठमाडौँबाट विराटनगरसम्म जहाजबाट लागिएको छ ।

तीनै जनालाई पाटन उच्च अदालतको आदेशमा अाईतबार रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको थियो ।
उनीहरुविरुद्ध मुद्दा रहेकोले सुनसरी लगिएको प्रहरीले जनाएको छ ।