अनखबर माघ २१, कालीकोट। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटको ११ अौं पूर्ण बैठक सम्पन्न भएको छ ।
जिल्ला सेक्रेटरी रणदिपकाे अध्यक्षतामा सम्पन्न बैठकले समग्र दशकाे राजनीति अवस्थाकाे समीक्षा गर्दै कालिकोटमा संचालित राजनीतिक तथा संगठन सुदृढीकरण अभियान सफल रहेको निष्कर्ष निकाल्दै थप १ महिना सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले स्थानीय सरकारमा भएको बेथिति एनजीओका कारण आएका समस्याहरुकाे समेत समिक्षा गरेको छ । बैठकले राष्ट्रिय राजनीतिमा कांग्रेस र सरकारी नेकपाले लुट मच्चाएको निष्कर्ष निकाल्दै भण्डाफाेर गर्ने निर्णय गरेको सेक्रेटरी रणदिपले जानकारी दिए ।
अमेरिकी परियोजना एनसीसी लगायतका राष्ट्रघति सम्झाैता बिरुद्ध बिराेधका कार्यक्रमहरु चलाउने र एनजीओ तथा स्थानीय निकायकाे गतिविधिमा निगरानी राख्दै आवश्यक कार्वाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।