अनखबर माघ २१, ताप्लेजुङ्ग। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मेची काेशी ब्युरो सदस्य तथा ताप्लेजुङ इन्चार्ज तारा थापालाई प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टी संगठनकाे कामको सिलसिलाका क्रममा सोमबार झापाको दमकबाट अपहरण शैलीमा थापालाई गिरफ्तार गरिएको नेपाल कम्युनिस्ट पार्टी मेची काेशी ब्युरोले जनाएको छ । ब्यूरो ईन्चार्ज प्रतापले एक प्रेस विज्ञप्ति जारी गरि गिरफ्तारीको उचित जवाफ दिने चेतावनी दिएका छन् ।
उनले दमन, गिरफ्तारी, झुठ्ठा मुद्दा, चरम यातना, हत्या जस्ता कार्यले इतिहासमा जनताको मुक्ति अान्दोलन नराेकिएकाे र नराेकिने स्मरण गराउदै यस्ता क्रियाकलाप राेक्न र गिरफ्तार थापालाई तुरुन्त रिहाइ गर्न जाेडदार माग गरेका छन् ।