अनखबर/बुटवल

माघ २२
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई बुटवलस्थित उच्च अदालतले रिहाको आदेश दिएपनी प्रहरीले अदालतको गेटबाटै पुन गिरफ्तार गरेको छ ।
विप्लवका नेताद्वय बालकृष्ण शर्मा र प्रदिप बहादुर वलिलाई प्रहरीले उच्च अदालतको गेटबाट पुन पक्राउ गरेको हो ।
दाङमा असोज २९ गते समातिएका २१ जना विप्लवका नेतामध्य २ जनालाई माघ ८ गते जिल्ला अदालत दाङले धरौटीमा रिहा गरेको थियो भने रिहा लगत्तै प्रहरी ले पुन पक्राउ गरि नवलपरासी लगेको थियो । नवलपरासीमा प्रहरीलाई अभद्र ब्यवहार गरेको मुद्दा  दायर गरिएको थियो, नवलपरासीमा गरिएको मुद्दा  झुटा र थुना गैरकानुनी रहेको भन्दै डिल्लिबहादुर वलिले बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेका थिए । दायर रिटमाथी सुनुवाई गर्दै उच्च अदालत तुल्सिपुर बुटवलले मुद्दा विश्वास गर्न लायक नरहेको भन्दै रिहाईको आदेस दिएको थियो । तर आदेस दिएपनि प्रहरीले पुन गेटबाटै पक्राउ गरि पाल्पामा सार्वजनिक शान्ति बिरुद्धको अपराधमा मुद्दा दायर गरेको थियो ।


रिटमाथी वादीको तर्फबाट  बरिस्ठ अधिवक्ता दिल बहादुर सहानी, अधिवक्ता महेन्द्र पाण्डे, अधिवक्ता बाबुराम भुषाल, अधिवक्ता पशुपति भण्डारी, अधिवक्ता कैलाश ज्ञवाली, अधिवक्ता ज्ञानु के सि, अधिवक्ता कमल बस्यालले बहस गर्नुभएको थियो । रिटमाथी सुनुवाइ गर्दै  न्यायाधीश केशवराज जोशी र  नारायणप्रसाद पोख्रेलको संयुक्त इजलासले थुनामुक्त गर्ने आदेश दिएको थियो ।


६८ दिन दाङ स्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा ३० दिन तुल्सिपुर कारागार, ६ दिन नवलपरासीको हिरासतमा हुँदै मङ्गलबार पुन पक्राउ गरि १४ गते पाल्पा पुर्याएको थियो । ७ दिनपछि पुन उनीहरुलाई पक्राउ गरि कपिलवस्तु लगेको स्रोतले बताएको छ ।