अनखबर माघ २२, पाल्पा। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी ) पाल्पाले स्ववियू निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गरेकोे छ ।

क्रान्तिकारी पाल्पाका अध्यक्ष लंक राना मगरले एक प्रेस विज्ञप्ति  जारी गर्दै संगठन माथि लगाइएकाे प्रतिबन्ध यथासाक्य खारेज गरि निर्वाचनमा भाग लिने वातावरण नबनि गरिने स्ववियु औचित्य हिन हुने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ,’ हाम्रो पार्टीको बैज्ञानिक समाजवादकाे लक्ष्यप्रति समर्थख गरेकै आधारमा आज हाम्रो संगठनमाथि अघाेषित प्रतिबन्ध लगाइएकाे छ सरकारले संगठनका नेता कार्यकर्ता माथि गैर न्यायिक गिरफ्तारी धरपकड जारी छ र संगठनका सामान्य गतिविधि पनि गर्न दिइएको छैन नेता कार्यकर्ता मात्रै हाेइन समर्थन सुभचिन्तक विद्यार्थी पनि क्याम्पस कलेज र विश्वविद्यालय गयर नियमित पढने वातावरण छैन ।’

स्ववियूकाे गरिमा महत्व आवश्यकताप्रति अाफूहरू दृढ रहेको भन्दै रानाले तर खुल्ला गतिविधि गर्न समेत राज्यले प्रतिबन्ध लगायर गरिने स्ववियू चुनावकाे कुनै औचित्य नभएको विज्ञप्तिमा उल्लेख छ।