अनखबर
माघ २३/बुटवल
लुम्बिनी विकास बैंक लिमिटेडले बुटवल ११ स्थित रहेको प्रगति माध्यामिक विद्यालयलाई कम्युटर हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्प्युटर बिषय को ब्यबहारिक शिक्षाका लागि विद्यालयलाई ५ थान कम्प्युटर सहयोग गरिएको विकास बैंकका मुख्य प्रबन्धक दिपक खनालले बताए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक शिव कुमारी अर्याल सहयोगको धन्यवाद दिदै ब्यवहारिक शिक्षाको लागि बैंकले खेलेको भुमिकाको प्रसम्सा गरेकि थिइन । कार्यक्रममा भैरहवा शाखा का शाखा प्रमुख शंकर पाण्डे, बुटवल शाखा प्रबन्धक तथा कर्मचारी आमोद सुबेदी बिद्यालयको तर्फ बाट प्रमुख सल्लाहकार जित बहादुर मल्ल, ब्यबस्थापन समिति का सदस्य इन्द्र बहादुर राइ ,पुर्ब का.बा. राजेश बुढाथोकी,सल्लाहकार बिर बहादुर कुवर लगायतको उपस्थिती रहेको थियो ।
लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६८ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ५० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको हाल कायम चुक्ता पुँजी २ अर्व ७२ करोड रहेको छ । असार मसान्तमा बैकको कुल जगेडा कोषमा रु २ अर्ब रहेको छ । २०७६ पौष मसान्त सम्ममा २०७६ आषाढ मसान्त भन्दा बैंकको कुल कर्जा सापटी ९.३५५ ले वृद्धि भई रु २४ अर्ब ८९ करोड पुगेको छ भने निक्षेप १२.९९५ ले वृद्धि भई रु. २८ अर्ब २ करोड पुगेको छ तथा खुद नाफा रु २५ करोड भएको छ ।
काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको यस बैंकले आगामी दिनमा थप शाखा कार्यालयहरु मार्फत ग्राहकहरुलाई बैकिङ्ग सेवा पु¥याउने लक्ष्य लिएको समेत प्रमुख प्रबन्धक खनालले बताए ।