अनखबर
माघ २४, बुटवल
संगठनमाथिको प्रतिबन्ध हटाइ स्ववियु निर्वाचनमा सहभागी हुने वातावरण बनाउन अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
क्रान्तिकारी ईकाइ अध्यक्षद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति जारी गर्दै संगठन माथि लगाइएकाे प्रतिबन्ध यथासाक्य खारेज गरि निर्वाचनमा भाग लिने वातावरण नबनि गरिने स्ववियु औचित्य हिन हुने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ,’ हाम्रो पार्टीको बैज्ञानिक समाजवादकाे लक्ष्यप्रति समर्थख गरेकै आधारमा आज हाम्रो संगठनमाथि अघाेषित प्रतिबन्ध लगाइएकाे छ सरकारले संगठनका नेता कार्यकर्ता माथि गैर न्यायिक गिरफ्तारी धरपकड जारी छ र संगठनका सामान्य गतिविधि पनि गर्न दिइएको छैन नेता कार्यकर्ता मात्रै हाेइन समर्थन सुभचिन्तक विद्यार्थी पनि क्याम्पस कलेज र विश्वविद्यालय गयर नियमित पढने वातावरण छैन ।’
स्ववियूकाे गरिमा महत्व आवश्यकताप्रति अाफूहरू दृढ रहेको भन्दै खुल्ला गतिविधि गर्न समेत राज्यले प्रतिबन्ध लगायर गरिने स्ववियू चुनावकाे कुनै औचित्य नभएको विज्ञप्तिमा उल्लेख छ।