अनखबर
माघ२७, काठमाडौ
केही समय अगाडि सरकारले अख्तियारमार्फत सरकारी जग्गा अपचलन गर्नेहरूलाई कारबाही गर्यो, तर त्यसमध्ये सबैभन्दा उच्च राजनीतिक पदका मानिएका बिष्णु पौडेल र तिनका छोरालाई भने प्रक्रिया नै नपुर्याई जग्गा सुटुक्क फिर्ता गरायो ।
चर्चित ललिता निवास काण्डका दोषीहरुलाई सरकारले जोगाए पनि बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ती दोषीहरुलाई कारवाही गर्ने घोषणा गरेको छ।
बिद्रोही ने.क.पा.का पार्टी प्रवक्ता प्रकाण्डले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्। उनले आफ्नो बिज्ञप्तिमा आफ्नो पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता निवासकाण्डका दोषीहरूलाई कारबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी वली सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेको जिकिर गरिएको छ। यसले सरकार, सत्तारूढ पार्टी र भ्रष्ट तथा कमिसनखोरहरूको अनुहार उदाङ्गो पारेको दाबी गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अख्तियारले सरकार र सत्तारूढ पार्टीको प्रभाव र निर्देशनमा मुख्य अभियुक्तलाई उन्मुक्ति दिने गरी ललिता निवासकाण्डलाई किनारा लगाउन खोजेको छ । अख्तियारले सरकार, सत्तारूढ पार्टीको दबाब र निर्देशनमा उन्मुक्ति दिएका राजनीतिक, न्यायिक, प्रशासनिक क्षेत्रका ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई हाम्रो पार्टीले उचित समयमा कारबाही गर्नेछ ।’
सोही बिज्ञप्तिमार्फत सरकार र सरकारी पार्टीको अख्तियार र मुख्य अभियुक्त बचाउने भ्रष्ट र कमिसनखोर चरित्रका विरुद्ध उभिन सम्बन्धित सबै पक्षसँग अनुरोध पनि गरिएको छ।
सरकारले बालुवाटारको सरकारी जग्गामा रहेको बिष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको जग्गा आफ्नो नाममा गोप्य रूपमा नामसारी गरेको थियी । सो जग्गाका विषयमा अख्तियारले मुद्दा नचलाउनू भनेर भनेपछि विवादमा परेको थियो । विवादका बीच मालपोत कार्यालयले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको निर्देशनमा फिर्ता गराएको हो । नेकपाले केही समय अगाडि ललिता निवाससग जोडिएकाहरुलाई निरंतर कारबाही गरेको बताएको थियो !