कृष्ण पाण्डे

माघ -२९

शुद्धाेधन गाउँ पालिका वडा नम्बर ४ द्वारा फरक क्षमता तथा विपन्न परिवारलाई बाख्रा वितरण गरेको छ। अपांग लक्षित कार्यक्रम अन्तरगत विनियाेजित चालीस हजार रूपैयाँकाे ६ अाेटा बाख्रा वडा नम्बर ४ का विपन्न तथा फरक क्षमता भएका ६ परिवारलाई वितरण गरेकाे छ। वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कडेलकाे अध्यक्षता,फर्साटिकर मा.वि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरबहादुर घर्तीकाे प्रमुख अातिथ्यता वडा सदस्य हेमन थापा,रामचन्द्र चाैधरी,पुजा दमाई ,शिवकुमारी लगायत स्थानीय वडाबासि तथा वडा नम्बर ४का सचिव केशव पन्थीकाे सन्चालनमा कार्यकम सम्पन्न भएको थियोे ।

उक्त कार्यक्रममा बाेल्दै वडा अध्यक्ष कडेलले विपन्न तथा फरक क्षमता भएका ब्यक्तिहरूलाई अात्मनिर्भर बनाउनकाे लागि बाख्रा वितरण गरेको बताउदै सम्पूर्ण बाख्राकाे बिमा पनि वडाले नै गरिदिने बताउदै ,बाख्राले जन्माउने पाठापाठीकाे समेत बिमा वडाले गर्ने बताएका थिए। साथै फरक क्षमता भएका मानिसको लागि स्वराेजगारीका नयाँ नयाँ कार्यक्रमहरू सन्चालन गर्ने बताएका थिए। त्यस्तै प्रमुख अतिथि घर्तीले फरक क्षमता तथा विपन्न परिवारलाई यस्ता कार्यक्रमले प्रत्यक्ष प्रभाव पार्नेहुंदा यस्ता कार्यक्रमलाई अझ जाेड दिन अाग्रह गरेका थिए।