अनखबर
कालिकोट , माघ २९ – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले २५औं जनयुद्द दिवसको पुर्व सन्ध्यामा कालिकोट विभिन्न ठाउँमा मसाल जुलुस निकालेको छ ।
कालिकोट नरहरिनाथ गाउँपालीका, पलाता गाउँपालिका , सान्नित्रिवेणी गाउँ पालिका , पचल झरना गाउँपालिका ,शुभकालिकाल गाँउपालिका।, राष्काेट नगर पालिका,माहावै नगर पालिँका खाडाँचक्र नगर पालिँका लगायत विभिन्न ठाउँहरुमा मसाल जुलुस निकालेको हो ।
यसअघि नेकपा नेकपा विभिन्न ठाउँहरुमा नाराहरू द्वारा जनतालाई जनयुद्ध दिवसको स्मरण गराईरहेको थियो ।
नेकपाले जनयुद्द दिवस साताब्यापी भब्य रुपले मनाउने जनाएको छ । यसै अन्तर्गत कालिकाट पनि जनयुद्द दिवस विभिन्न कार्यक्रम गर्दै मनाउने नेकपा कालिकोट ले जनाएको छ ।