अनखबर फागुन १, काठमाडौं।माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।

फागुन २ गते देखि ७ गतेसम्म त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान, उक्त प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउने छन् ।

माछापुच्छ्रे बैंक र एसएस इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराईएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउँदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए