अनखवर

फागुन २/बुटवल

प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा सम्भवत नेपालकै पहिलो साईनेज शोरुम संचालनमा हुने भएको छ । बुटवल उप -महानगरपालिका ११ कालिकानगरमा सञ्चालन गर्न लागिएको सोरुम युवा व्यवसायी प्रकाश डुम्रे र सङिंत गैरेले करिब २ करोडको लगानीमा संचालन गर्न लागेका हुन ।

६ वर्ष देखि संचालन भैराखेको ब्राइट एलईडी नामक कम्पनीले व्यवस्थित ढंगले सञ्चालन गर्ने उदेश्य सहित अाफ्नै भवनमा सेवा र लागत दुवै बढाएर देशभरिकै पहिलो पहिचान बनाउन खोजेको बताएका छन् । उनीहरूले आफ्नै शोरुम संचालन गरेर नेपालमा केही गर्ने लक्ष्यको साथ अगाडि बढेको बताए ।

उक्त कम्पनीले विगतदेखि डिजिटल बोर्ड र एडभटटाईजिङ साइनेजको काम गर्दै आएको छ भने सोरुम लगायतका अन्य सेवा थप गरि उड(काठ)कार्भिंग र गिफ्ट तथा ईन्टेरियरमा पनि काम गर्ने तयारी रहेको संचालक प्रकाश डुम्रेले बताए ।

कम्पनीले देशभर सेवा पुर्‍याउने उदेश्य सहित यस अगाडि प्रदेश ५ का विभिन्न जिल्लामा काम गर्दै आएको थियोे ।
पछिल्लो समय युवापुस्ता विभिन्न बहाना बनाएर विदेशिने क्रम बढिरहेको बेला देश भित्रै केही गर्ने उदेश्यले युवाहरू जाग्नु सुखद कुरा भएको बुटवलका अर्का युवा व्यवसायी विजय घिमिरेले बताए ।
स्याङ्जा स्थायी घर भएका डुम्रे र गैरेले विगत देखि यस विषयमा बुटवल क्षेत्रमा बहस समेत चलाउदै अाएका थिए ।
उक्त कम्पनी केही महिना भित्रमा अौपचारिक रुपमा उत्पादन  गर्ने  सञ्चालक डुम्रेले बताए ।