फाल्गुन ४, २०७६
अनखबर
नेकपाका केन्द्रीय सदस्य दिपेश राई,माईला लामा,नवीन विक र धीरेन्द्रा उपाध्याय भृटुकीलाई सुनसरी जिल्ला अदालतले आज साधारण तारेखमा रिहा गरे लगत्तै उनीहरुलाई पुनः पक्राउ गरिएको छ ।
न्यायधीश ध्रुव कार्कीको ईजलाशले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । हात हतियार तथा संगठित अपराध मुद्धामा अदालतले आदेश दिएर रिहा भए लगत्तै उनीहरु चार जनालाई पुनः पक्राउ गरी नेता राई र लामालाई संखुवासभा लाने तयारी गरिएको छ भने अर्का नेता नवीन विक र भृकुटीलाई कोलिकोट लाने तयारी भएको पारीवारीक स्रोतले जनाएको छ ।बन्दीकाे तर्फबाट अधिवक्ताद्वय सुमन कार्की र निराजन ओझाले गरेका थिए ।
अदालतको गेटबाट पुनः पक्राउ पर्नु अघि नेता लामाले ओली सरकारले दुखः दिएकोमा विरोध जनाए । अदालतले आदेश दिदा पनि फेरी पक्रेर दुखः दिने काम गरेकोमा उनले आपत्ति जनाए ।
लामा , विक र उपाध्याय लामो समय काठमाण्डौंमा कारागारमा बसेर उच्च अदालतको आदेशमा रिहा भए लगत्तै पक्रेर धरान पुर्याईएको थियो ।