अनखबर /फागुन ७
बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध युवा संगठन युवा सङ्गठन नेपाल रुपन्देही जिल्लाकाे चाैँथाै जिल्ला सम्मेलनबाट संगठनको अध्यक्षमा साईमन चयन भएका छन । बुधबार भएको जिल्ला सम्मेलनले साईमनको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो । सम्मेलनले युवाहरुको पक्षमा सङ्घर्ष चर्काउने निर्णय समेत गरेको छ ।
साे सम्मेलनको प्रमुख अतिथि सङ्गठनका केन्द्रीय महासचिव कामरेड सागर र विषेश अतिथि रुपन्देही जिल्ला ईन्चार्ज कामरेड सङ्गम रहनु भएको थियोे । प्रमुख अतिथि सागरले श्राेत साधनको दृष्टिले हाम्रो देश धनि छ, धनि देशका युवाहरूलाई गरिब बनाएर विदेशी साम्राज्यवादी हरुकाे गुलामी बनाएर गरिबीको रेखामुनि राख्ने सामाजिक दलालहरुकाे टाउकोमा ५ किलाेकाे बम हान्ने अबस्था अएकाे बताए । उनले सबै देशभक्त क्रान्तिकारी युवाहरूले अाफ्नाे देश बचाउन अन्तिम तयारीमा रहन आब्हान गरे ।
नेकपा रुपन्देही इन्चार्ज संगमले एकीकृत जनक्रान्तिमा युवाहरु अग्रपंक्तिमा हुनुपर्ने बताए । उनले दलाल राज्यसत्ताका कारण युवाहरु आधुनिक दासको रुपमा विदेशिनु परेको भन्दै राज्यसत्ता परिवर्तनका लागी युवाहरु क्रान्तिमा लामबद्ध हुनुपर्ने बताए । युवा संगठन नेपालका लुम्बिनी व्युरो संयोजक विश्लेषणले युवाहरुको भविष्य सुनिश्चित गर्नका लागी क्रान्तिमा सहभागी हुनुपर्ने बताए । सम्मेलनमा ५० भन्दा बढी युवाहरुको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।