अनखबर /बुटवल

फागुन ७ । प्रतिबन्धित नेकपा निकट अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस समितिको प्रथम सम्मेलन बुटवल बहुमुखी क्याम्पसमा आज सम्पन्न भएको छ।सो सम्मेलनले देव भट्टराईको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस समिति निर्वाचित गरेको छ।कार्यक्रममा प्रमूख अतिथि संगठनको केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी व्युरो संयोजक बिरेन्द्र बिक,केन्द्रीय सदस्य रमेश गैरे,जिल्ला अध्यक्ष गोपाल रोका लगायत बोलेका थिए।