फागुन १०, रुपन्देही ।
दलित मुक्ति मोर्चा नेपाल रुपन्देहीको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि दलित मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य एव लुम्बिनी ब्युरो इन्चार्ज जितबहादुर रसाईलिले दलितहरु समाजमा रहेको विभेद र  उत्पीडिनको बिरुद्ध सबै एकजुट हुनुपर्ने बताए । उनले समग्र वर्गीय आन्दोलनले जातीय विभेदको अन्त्य गर्ने र त्यसको लागि सबै संगठित हुनुपर्ने बताएका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहेका नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज संगमले एकीकृत जनक्रान्ती सफलताको बाटोमा लागेको भन्दै सबै जनताहरु एकजुट हुन आग्रह गरे । उनले मुख्य बर्गिय आन्दोलन रहेको र समग्र आन्दोलन सफल पार्न दलितहरु एकजुट हुनुपर्ने जोड दिदै जातको आधार, पेशाको आधारमा समाजमा सामन्ती सोचबाट हुने बिभेदको अन्त्य वैज्ञानिक समाजवादमा मात्रै सम्भव रहेको बताए ।


जिल्ला सम्मेलनले जानुका बराहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी समेत चयन गरेको छ, निर्वाचित कार्यसमितिलाई सपथ खुवाउदै जातीय विभेदको अन्त्य र वर्गीय असमानता बिरुद्धको आन्दोलनमा संगठन सधै अग्रभागमा रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तरगतको जनवर्गीय संगठनको रुपमा रहेको दलित मुक्ति मोर्चा नेपालले देशभर आफ्ना संगठनहरुको सम्मेलन गरिरहेको छ ।