फागुन १३, काठमाडौं। अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जिवी ढकाल रिहा भएका छन् ।

फागुन १ गते काठमाडौंको सुन्धारा क्षेत्रबाट पक्राउ परेका ढकाल आज धरौटिमा रिहा भएका छन् ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच हजार धरौटीमा ढकाललाई रिहा गरेको हो ।ढकाल रिहा भएपछि नेपाल बार एशोसिएशनको गाडिमा चढेर बाहिरिएका थिए ।
यसअघि सर्वोच्च अदालतले रिहा गरेलगत्तै अदालत गेटबाटै पुनः पक्राउ परेका ढकाललाई अभद्र व्यवहारको मुद्धा चलाएको थियो ।
संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक भने प्रहरी हिरासतमै रहेका छन् । उनलाई फागुन ५ गते मध्य बानेश्वरबाट गिरफ्तार गरेको थियो ।