फागुन १४ काठमाण्डौं । आज फागुन १४ जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलले साहद प्राप्त गरेको दिन ।

०५२ साल फागुण १ मा तात्कालिन नेकपा माओवादीले जनयुद्ध शुरु गरेपछि राज्यको दमनमा पहिलो पटक मारिए थिए, गोरखाका दिल बहादुर रम्तेल । रम्तेलले साहदत प्राप्त गर्दा उनी ११ बर्षका थिए ।

स्कुलका एक जना शिक्षकलाई माओवादी भएको आरोपमा प्रहरीले गिराफ्तार गरे पछि ती शिक्षकलाई छुटाउन धर्नामा बसेका बेला प्रहरीले आजकै दिन रम्तेलको हत्या गरेको थियो ।
उनै दिल बहादुरको सम्झना र २९ सालमा झापाका नेत्र घिमिरे लगायत ४ जना बन्दीहरुलाई झापा चन्द्रगढीबाट ईलाम सार्ने भनेर लगेर सुखानीको जंगलमा फागुण २१ गते चार जना झापा विद्रोहका नेताहरुलाई हत्या गरिएको
थियो ।

त्यसैलाई जोडेर माओवादीले जनयुद्ध कालदेखि नै फागुण १४ देखि २१ गतेलाई शहीद सप्ताहको रुपमा मनाउने गरेको थियो । तर जनयुद्धको मुख्य नेतृत्व पूर्व एमालेसगँ पार्टी एकता गरे पछि भने जनयुद्ध दिवस, शहीद दिवस जस्ता कार्यक्रम गर्न छाडेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने विभिन्न कार्यक्रम गरेर सहिद सप्ताह मनाउँदै छ ।

जनयुद्धका र एकीकृत जनक्रान्तिका शहिद तथा वेपत्ता योद्धाका परिवार सँग भेटघाट, सहयोग तो सम्मान गर्ने, घाइते योद्धा तथा उनका परिवारसँग भेटघाट र सम्मान गर्ने र छलफल अन्तरक्रिया लगायतका कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।