काठमाडौं, १४ फागुन । अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकसहित तीन बिद्यार्थी नेता रिहा भएका छन् । सर्वोच्च अदालतकाे आदेशमा उनीहरू बुधवार रिहा भएका हुन् । काेषाध्यक्ष बिकसँगै पक्राउ परेका अर्का केन्द्रीय सदस्य प्रकाश बिक पनि रिहा भएका छन् ।
आजै सर्वाेच्च अदालतकाे आदेशमा नै अखिल(क्रान्तिकारी) कै केन्द्रीय सदस्य मदन चपाइ पनि रिहा भएका छन् । तीनै जनालाई सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिटनिवेदनमाथिको सुनुवाईपछि उनीहरूलाई रिहा गर्न आदेश दिएको हो ।
कोषाध्यक्ष नरेन्द्र र प्रकाशलाई यहि फागुन ५ गते दिउँसो काठमाडौंको मध्यबानेश्वरबाट गिरफ्तार प्रहरीले गिरफ्तार गरेको थियो ।
राजनीतिक आस्था कै कारण उनीहरूलाई गिरफ्तार गरि गैरन्यायीक रुपमा बन्दी बनाएर हिरासतमा राखेको भन्दै रिहाईको माग गर्दै फागुन ११ गते पुरिचन्द्र कामीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।
रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी , अधिवक्ता कान्तिराम ढुङ्गाना सन्तोष कोईराला, चुडा निरौलाले बहस गरेका थिए ।
यस अघि हिरासतमा रहदाँ उनलाई चरम यातना दिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत परेको थियो । यस्तै मदनकाे हकमा अम्बिका थापाले बन्दीप्रत्यक्षीकरणाकाे रिट दायर गरेकी थिइन् । उनलाई माघ २० गते प्रहरीले पक्राउ गरेकाे थियाे ।