फागुन १५, बुटवल
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देही जिल्लाले सहिद परिवारलाई अभिनन्दन गरेको छ । रुपन्देहीमा आयोजना गरेको एक कार्यक्रममा जनयुद्धमा सहिद तथा बेपत्ता बनेका रुपन्देहीका ६९ जना सहिद बेपत्ता परिवारका मान्छेलाई झुल, फलफुल तथा यातायात खर्च उपलब्ध गराएर अबिर लगाएर बिशेष अभिनन्दन गरेको थियो ।
कार्यक्रममा जिल्ला इन्चार्ज संगम पुनले राज्य सहिदपरिवार सगै डराउन थालेको र क्रान्तिलाई सहयोग गर्ने सहिदपरिवारलाई राज्यले विभिन्न झुट्टा मुद्दा लगाउन थालेको बताए । उनले सहिद परिवारका जस्तासुकै समस्याहरुमा पनि पार्टीलाई उपस्थित गराउने भन्दै आफुहरु सहिद परिवार र आम जनताको बिचमा रहेने उद्घोष गरे । उनले पार्टीले जिल्लाभर भएका सहिद तथा बेपत्ताहरुलाइ स्मरण गर्नेगरी स्मारिका प्रकाशन गर्न लागेको समेत बताए ।
कार्यक्रममा जिल्ला सेक्रेटेरी विजयले कथित कम्युनिस्टको सरकारले सहिदहरुलाइ अपमान गरेको भन्दै आफुहरुले सहिदका सपनाहरूकै बाटोमा हिडेको बताए । उनले एकीकृत जनक्रान्ती कुनै रहरको कुरा नभएर आजको आवश्यकता हो भनै पार्टी अमेरिका या भारतको अगाडी झुकेर लम्पसार नपर्ने र साम्राज्यवादको विरुद्ध लड्ने उद्घोष गरे ।
सहिद परिवारको तर्फबाट बोल्दै सहिदपत्नी एव पुर्व साम्सद लता घिमिरेले सहिद परिवारले आफ्ना भाईछोराले बगाएको रगतको सम्मान गर्नुपर्ने बताईन । उनले सहिद परिवारहरुका सपनाहरूलाई भोट बैकको रुपमा मात्रै नेताहरूले प्रयोग गर्न खोजेको भन्दै सबै सचेततापुर्वक आफ्ना आफन्तको सपनाहरूलाई साथ दिनेलाई सहयोग गर्नसमेत आग्रह गरिन । यस्तै सहिद तथा बेपत्ता परिवार समाजका लुम्बिनी ब्युरो संयोजक जया पौडेलले हामिले लडेर ल्याएको गणतन्त्रको हामिले नै अनुभुती गर्न नसकेको भन्दै अबका सपनाहरू पूरा गर्न सहिद परिवारले एकीकृत जनक्रान्तिलाई सहयोग गर्न आग्रह गरेकी थिइन ।
रुपन्देहीमा जनयुद्धमा ६४ जना सहिद तथा ५ जना बेपत्ता भएका थिए ।