कैलाली १५, फागुन ।अखिल नेपाल महिला संघ क्रान्तिकारी कैलालीको दाेश्राे जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

माेनिकाकाे अध्यक्षता, सृष्टिको सञ्चालन र  माेतिकलाकाे स्वागत मन्तव्यबाट शुरु भएको सम्मेलनकाे प्रमुख अतिथि नेपाल कम्युुुनिष्ट पार्टीका सेती महाकाली इन्चार्ज निर्माण रहेका थिए ।

सम्मेलनको उद्घाटन मन्तव्य राख्ने क्रममा नेता निर्माणले मातृ समाजको बिघटनदेखि हालसम्मको साम्राज्यवादी पूँजीवादी अवस्थासम्म महिलाहरू उत्पिडित, दमित र पिडित हुनुको पछाडि पृतिसतात्मक पुजीवादी समाज र सत्ता मूल कारण रहेको बताए । उनले भने, ‘जवसम्म संसारभरि र नेपालमा पूँजीवादी सत्ता रहिरहन्छ तबसम्म महिला मुक्ति संभव छैन ।’
महिला र पुरुषबीचकाे वास्तविक समानता बैज्ञानिक समाजवाद र कम्युनिष्ट बिचारले मात्रै प्रदान गर्ने भएकोले सम्पूर्ण उत्पिडित र श्रमिक महिला समाजवादी क्रान्ति काे बाटोमा अघि बढ्नु पर्ने कुरामा उनले जाेड दिए ।

निर्माणले भने,’नेपालमा एकीकृत जनक्रान्ति अघि बढेकाले अब महिला मुक्तिको दियो बलेको र त्यसले सबैलाई आशावादी बनाएको छ । दलाल पूँजीवादीहरु एकपछि अर्को असफलताको दलदलमा फस्दै गएको र एकीकृत जनक्रान्ति सफलतापूर्वक अघि बढेकाले अब छिट्टै नेपालमा बैज्ञानिक समाजवाद स्थापना हुँदैछ ।’

सम्मेलनले सृष्टिको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । सम्मेलनको क्रममा लामाेसमय  सरकारको जेल र हिरासतमा बन्दी भै रिहा भएकाहरुलाई सम्मान पनि गरिएको थियोे ।