फागुन १६, काठमाडौं । नेपाल कम्युनिष्टपार्टीका पूर्वकेन्द्रीय सदस्य तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी रिहा भएका छन् ।

४० दिनको हिरासतपछि लोहनी  शुक्रबार रिहा भएका हुन् । चितवनमा बाटोमा हिँडीरहेका वेला माघ ६ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

लोहनी पछिल्लो समय राष्ट्रिय जागरण मञ्च मार्फत राष्ट्रियता र जनतन्त्रको बारेमा अभियान संचालन गर्दै आएका थिए । उनले पछिल्लो समय अमेरिकी परियोजना एमसीसीका विषयमा बहस चलाउदै आएका छन् ।