फागुन १९, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युुुनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्त श्रेष्ठ ‘प्रज्वलन’लाई रुपन्देही जिल्ला अदालतले थुनामुक्त्त गर्न आदेश दिएको छ ।

आईतवार भएको पेशिपछि श्रेष्ठलाई बिस्फोटक पदार्थ सम्बन्धि मुद्दामा सफाइ पाउने ठहर गरेको भन्दै थुनामुक्त गरिदिन आदेश दिएको हो ।


प्रतिबादीको तर्फबाट अधिवक्ता ज्ञानु केसीले बहस गरेकी थिइन्  । आदेश बमोजिम उनलाई अदालतबाट ढिला गरि कारागार पुराईएको थियो तर आज उनलाई अदालतको आदेशको समेत अवज्ञा गर्दै थुनामै राखिएको छ ।

थुनामुक्त गरेपछि पुनः पक्राउको तयारी गरिएको थियो । तर कारागार भैरहवामा पुगेका अधिवक्ताहरु ज्ञानु केसि, शिव गौडेल, पदम कार्की लगायतले पुनः पक्राउ गर्न पक्राउ पुर्जी मागेपछि पुर्जी नभएको भन्दै उनलाई पक्राउ नगरी थुनामै राखेको हो । अदालतले आदेश दिइसकेको ब्यक्तिलाई यसरी थुनामा राख्नु आफैमा गैरकानुनी हुन आउछ । कारागारमै राखेर भोलि पुनः पक्राउ गर्ने योजना प्रशासनको देखिन्छ ।