फागुन २०, नवलपुर । २५ औँ जनयुद्ध दिवस तथा सहिद सप्ताहका अवसरमा नेपाल कम्युनिष्ट पार्टी नवलपुरले सहिद तथा बेपत्ता परिवारलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ ।
सम्मान कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी शीतल, प्रमुख अतिथि जिल्ला इन्चार्ज ध्रुव, विशिष्ट अतिथि सहिद तथा बेपत्ता परिवार समाजका केन्द्रीय सचिव जयालगायतले गरेका थिए । सयौँ जनता, नेता तथा कार्यकर्ता र सहिद परिवारका बीच कार्यक्रम भएको थियो ।
जिल्ला इन्चार्ज ध्रुवले एकीकृत जनक्रान्तिले विगतमा जस्तो एकाध चौकी हान्ने नभई दलालहरुलाई पत्तासाफ गर्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गरेको बताए । उनले प्रचण्डलाई सहिद बेपत्ता परिवारहरुले जनताको बीचमा उपस्थित गराई माफी मगाउनुपर्ने पनि बताए । जिल्ला सेक्रेटरी शीतलले सहिदको बलिदानलाई आफ्नो पार्टीले खेर जान नदिने विश्वास दिलाए ।