फागुन २०, रूपन्देही । विप्लव नेतृत्वको नेपाल कम्युुुनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्त श्रेष्ठ ‘प्रज्वलन’लाई प्रहरीले फेरि गिरफ्तार गरेको छ ।

सोमबार रुपन्देही जिल्ला अदालतले बम विष्फोटको मुद्दामा सफाई दिएपछि मंगलबार रिहा भए लगत्तै प्रहरीले गिरफ्तार गरेको हो । भैरहवा कारागारबाट रिहा हुनेबित्तिकै प्रहरीले गिरफ्तार केन्द्रीय सदस्य श्रेष्ठलाई गरेर नवलपरासी लगेको छ ।

हिजो पनि अदालतको आदेश बिपरित उनलाई अदालतबाट ढिला गरि कारागार पुराईएको थियो । अदालतको आदेशको समेत अवज्ञा गर्दै हिजो थुनामै राखिएको थियो । तर, अाज रिहा लगत्तै कारागार गेटबाटै श्रेष्ठलाई गिरफ्तार गरिएको हो ।