फागुन २१, स्याङ्जा ।नेपाल कम्युुुनिष्ट पार्टी स्याङ्जाले सहिद सप्ताहको अवसरमा सहिद परिवारसङ्ग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेकपा स्याङ्जाले वाँयाखोलाको भुसाल थोकमा जिल्ला इन्चार्ज आक्रोश र किसान सङ्गठनका ब्यूरो संयोजक सागर अर्यालले सामुहिक रुपमा भेटघाट गरेका हुन् ।
यस्तै स्याङ्जाको भालुपहाडमा जनयुद्दको क्रममा सहादत प्राप्त गर्ने सहिद र बेपत्ता योद्दाको फोटो र सहिद पार्कको होडिङ बोर्ड राख्नुको साथै वालपेन्टिङ समेत गरिएको छ ।
नेकपा स्याङ्जाले जिल्लाको सम्पूर्ण सहिद बेपत्ता परिवारलाई भेटघाट सहित सहिदको सपना पुरा गर्ने प्रतिबद्दता ब्यक्त गर्दै सहिद सप्ताहा मनाएको हो ।
यस्तै सहिद तथा बेपत्ता परिवारले नेकपालाई खुट्टा नकमाउन र नआतिएर अघि बढ्न सुझाव दिएका छन् ।